|

काठमाडौं : पाल्पाको तिनाउ गाउँपालिका–५ हिउँदे खोला नजिकै खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। 

पहिरोमा पुरिएर तिनाउ–५ कै अन्दाजी ४५ वर्षीय वीरबहादुर गुरुङको मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सिद्धार्थ राजमार्ग अन्तर्गत हिउँदेखोला नजिकै माथिबाट लेदोसहितको पहिरोले पुरिँदा चार वर्षीय बालक बेपत्ता छन् भने ७ जना घाइते भएका छन्।

घटनास्थल सिद्धार्थ राजमार्गसँगै जोडिएको छ। पहिरोले सिद्धार्थ राजमार्ग पनि अवरुद्ध भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.