काठमाडौं : सर्वोच्च अदालतले कालीगण्डकी डाइभर्सन रोक्न अन्तरिम आदेश जारी गरेको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले मंगलबार सुनुवाइ गर्दै उक्त यस्तो आदेश दिएका हुन्। प्रकाशमणि शर्माले कालीगण्डकी नदीको डाइभर्सन रोक्नुपर्ने भन्दै असार २५ गते सर्वोच्चमा रिट दायर गरेका थिए।
सर्वोच्चको आदेशमा भनिएको छ, ‘कालीगण्डकी नदी धार्मिक, ऐतिहासिक तथा पर्यावरणीय महत्वको देखिएकोले प्रस्तुत रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म उक्त नदीको प्राकृतिक वहावलाई पथान्तरण गरी रिजर्भवालयल बनाउने, प्रदूषण गर्ने, नदीजन्य पदार्थहरू निकाल्ने, शालिग्रामको चोरी निकासी तथा विनास गर्ने लगायतका अन्य प्राकृतिक बहाव र पर्यावरण प्रतिकुल हुने गरी कुनैपनि कार्यहरू नगर्नू/ नगराउनू।'
रिटमा कालीगण्डकी नदी विश्वकै पवित्र नदी भएकोले यसको सौन्दर्यलाई नै असर गर्ने गरी नदीको प्राकृतिक बहावलाई परिवर्तन गर्ने ड्याम बनाउने, शालिग्राम एवं गिट्टी, बालुवा चोरी निकारी गर्ने उद्देश्यले भएका निर्णय तथा कार्यहरू रोक्न माग गरिएको थियो।
अदालतको आदेश :
तपाईंको ईमेल गोप्य राखिनेछ ।