'नेपालमा काम पाउन त नेताको आसेपासे हुनुपर्ने रहेछ'

|

काठमाडौ : गत सोमबार बिहान वैदेशिक रोजगार कार्यालय ताहाचललाई पुग्दा सिन्धुपाल्चोकका ३६ वर्षीय प्रदीप रायमाझी हातमा कागज बोकेर लाइनमा बसिरहेका थिए। रोजगारीको खोजीमा कतार जानका लागि पुनः श्रम स्वीकृति र बायोमेट्रिक गराउन आएका हुन्।  

उनी पहिलो पटक विदेशिन लागेका भने होइनन्। पारिवारिक अबस्था सामान्य भएका रायमाझी  रोजगारीकै सिलसिलामा २०७४ सालमा कतार पुगेका थिए । दुई वर्षका लागि कतार गएका रायमाझी नेपालमा नै केहि गर्ने विदेश नफर्किने योजनाका साथ २०७६ मा नेपाल फर्किएका  थिए। 

२०७१ साउनमा जुरे पहिरोले घर जग्गा सबै बगायो । बाढीले बगाएको घाउ पुरिन नपाउँदै  रायमाझीको परिवारमा ०७२ बैशाखमा  फेरि अर्काे विपत्ति पर्याे। परिवारका सदस्य समेत गुमाए । त्यसपछि परिवार चलाउने अरु कुनै उपाय नदेखेर विदेशिएका रायमाझीको भनाइ छ । नेपालमा मध्यम वर्गीय परिवारका लागि खाडीमा पसिना बगाउनु भन्दा अरु विकल्प छैन। उनले भने,‘ नेपालमा काम पाउन नेताका आसेपासे हुनुपर्ने रहेछ हामीले कसरी जागिर पाउँछौ र?’ 

नेपालमा उद्देश्यका साथ नेपाल फर्किएका प्रदिप देशको अस्थिर राजनीति, बेरोजगारीको समस्या भोग्नु परेकाले विदेशिन लागेको बताए। उनले थपे,‘जसको सरकार आए पनि राम्रो होइन हाम्रो खोजिन्छ।’ नेपाल बसेर आफ्नो सन्तान भोकले छट्पटिएको कसरी हेर्नु?  छाना नाना र खानाका लागि विदेशिन लागेको प्रदीपले बताए।

बुधवार विहान १० बजे त्रिभुवन अन्तराष्ट्रिय विमास्थलमा विदेशिनेको भीड देखियो। त्यहि भिडमा नुवाकोटका विदुर श्रेष्ठ भेटिए। गत चैतमा २ महिनाको बिदामा नेपाल आएका श्रेष्ठ  रोजगारीका लागि पुन विदेशिन लागेका हुन्। सरकारले स्वदेशमा रोजगारीका लागि काम भन्दा प्रचार नै बढी गर्दै आएकाले आफू झोला बोकेर विदेशिन परेको बताए। उनले भने, घरमा खाने कुरा छैन,काम गर्न जाने ठाउँ नेपाल बसेर के गर्नू ? 

आइतबार दिउँसो १२ बजे कतार भिसा सेन्टर (क्युभिसी) को कार्यालय चक्रपथ पुग्दा २५ वर्षीय रेश्मा तामाङ लाइन बसिरहेकी थिइन्। रोजगारीको खोजीमा कतार जाने तयारीमा रहेकी रेश्मा आइतबार स्वास्थ्य परीक्षण अर्थात् मेडिकल गर्न चक्रपथ आएकी हुन्। रोजगारीको खोजीमा विदेशिन लागेकी हुन्। 

यी माथि उल्लेखित घटना प्रतिनिधि पात्र मात्र हुन्। यतिवेला नेपाली समाजमा वैदेशिक रोजगारमा नगएको घर पाउन मुस्किल छ। यतिवेला अधिकांश ग्रामिण बस्तीमा बृद्ध वृद्धा र बालबालिका मात्र देखिने गर्छन् । देशमा राजनीतिक अस्थिरता  र बढ्दो बेरोजगारका कारण  विदेशिनेकाे संख्या बढ्दो छ। 

दैनिक करिब १ हजार ५ सयभन्दा बढी नेपाली युवाहरु विदेशिने गरेको एक तथ्यांकले देखाएको छ। राजनीतिक अस्थिरता र बढ्दो बेरोजगारीले भोलिका दिनमा पनि नेपाली युवाहरू बिदेशिनु पर्ने बाध्यता छ। 

नेपालमा २५ प्रतिशत हिस्सा रेमिट्यान्सले धानेको छ। स्वदेशमै रोजगारी सिर्जन गर्ने भन्दै सरकारले भाषण गर्दै आएको ६० वर्ष बित्यो। तर, विदेशिने को लर्काे नरोकिएको बैदेशिक रोजगार विज्ञ डा.  गणेश गुरुङ बताउँछन्।  रेमिटेन्समा रमाएको सरकारले विदेशिने युवाका  रोजगारीको लागि काम नगरेको उनको आरोप छ। हालको अवस्थाले वौद्धिक जमात विदेशमा पसिना बगाउने हुँदा नेपालको  विकासमा त्यसले असर गरिरहेको गुरुङको टिप्पणी छ। 

सन् १९८० को दशक बाटै नेपालीहरू वैदेशिक रोजगारीका लागि मध्यपूर्वका खाडी देशहरूमा सुरु भएको मानिन्छ।  हालसम्म ५० लाखभन्दा बढी नेपाली बैदेशिक रोजगारीमा गएको अनुमान छ। हालका दिनहरूमा झन्डै १२ लाख श्रमिक नेपाली मध्यपूर्वका यी खाडी देशहरूमा कार्यरत छन्। संयुक्त अरब ईमिरेट्स (यूएई) मा तीन लाख, कतारमा चार लाख, साउदी अरबमा तीन लाख, कुवेतमा एक लाख, बहराइनमा २५ हजार र ओमानमा २० हजारको हाराहारीमा नेपाली यी देशमा पसिना बगाइरहेको डाक्टर गुरुङले बताए।
 
प्रधानमन्त्री रोजगार कार्यक्रम  काम भन्दा गफ बढी 

‘सबैका लागि रोजगार, संवैधानिक अधिकार’ भन्ने नारासहित २०७५ फागुन १ गतेदेखि सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गर्यो। निकै तामझामका साथ सुरु गरिएको कार्यक्रममा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक परिवारको एक जना सदस्यलाई एक वर्षमा कम्तिमा १ सय दिन रोजगारी दिने र त्यो दिन नसके ५० दिन बराबरको बेरोजगार भत्ता उपलब्ध गराउने घोषणा  गरेका थिए। 

प्रधानमन्त्री  रोजगार कार्यक्रमको नाममा करोडौं खर्च भयो तर ,त्यसले प्रतिफल भने पाउन सकेन। स्थानीय तह मार्फत गरिएको सो कार्यक्रको बजेट झारपात गोडमेल, वृक्षारोपण र सरसफाइ जस्ता अनुत्पादक काममै सकेका छन्। स्थानीय तहमा समुदायले निःशुल्क र स्वयंसेवी रुपमा गर्दै आएका कामहरुमा राज्यकोषबाट करोडौं रकम वितरण गरेर सकिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.