|

काठमाडौं : नेकपा एमालेको केन्‍द्रीय कमिटी बैठकमा पार्टी निर्णयविपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने माधव नेपालसहित २२ सांसदलाई अनुशासनको कारबाही प्रस्ताव भएको छ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा भइरहेको बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष ओलीले पार्टी निर्णय नमान्ने २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने प्रस्ताव राखेका हुन्।

बैठकमा सहभागी महेश बस्नेतलगायत केही सदस्यहरूले माधव पक्षका नेताहरूलाई तुरुन्तै कारबाही गरी आजैबाट पार्टीमा राख्‍न नहुने भन्दै हुटिङसमेत गरेका बताइएको छ।

सर्वोच्च अदालतले संविधानको धारा ७६ को ५ अनुसार देउवालाई समर्थन गरेकै आधारमा कुनै पनि सांसदलाई कारवाही गर्न नमिल्ने फैसला गरिसकेको छ। त्यसै आधारमा रहेर आइतबार संसद्मा प्रधानमन्त्री शेरबहादुर देउवालाई एमालेका २२ सांसदहरूले मतदान गरेका थिए।

बैठकमा नेपाल समूहका नेताहरुको सहभागिता छैन। माओवादी केन्द्रबाट एमाले आएका नेताहरु भने उपस्थित छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.