|

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले एयरपोर्ट स्थित गोल्डेन गेटमा जडान गरिएको नयाँ ट्राफिक लाइट सञ्चालनमा ल्याएको छ।

बिहीबार जडान गरिएको नयाँ बत्ती एक कार्यक्रमबीच महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र यति एयरलाइन्सका सिईओ अनोज रिमालले संयुक्त रूपमा उद्‍घाटन गरेका हुन्। 

एसएसपी भट्टराईले काठमाडौं उपत्यकालाई सुरक्षित र सभ्य शहरको रूपमा अघि बढाउन, सवारी व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन र सवारी व्यवस्थापनमा अझै सहजता ल्याउन चोक-चोकमा ट्राफिक लाइट जडानलाई तीव्रता दिइएको बताए।

प्रविधिमार्फत सडक व्यवस्थापन गर्दा आम सडक प्रयोगकर्ताहरूको आवागमन सहज हुनुका साथै सडकमा अनुशासन र सडक सभ्यता झल्किने हुनाले यसलाई प्राथमिकता दिएको उनकाे भनाइ छ। 

भट्टराईले भने, ‘हामी ट्राफिक व्यवस्थापनलाई प्रविधितर्फ लैजान प्रयासरत छौँ, सम्बन्धित सरोकारवाला निकाय बाहेक विभिन्न संघसंस्था, बैंक वित्तीय कार्यलयहरूसँग निरन्तर समन्वय सहकार्य गर्दै आइरहेका छौँ।’

कार्यक्रममा बोल्दै एयरलाइन्सका तर्फबाट प्रशासन निर्देशक अञ्जन बडगामीले सामाजिक उत्तरदायित्व बहन गर्दै आम सडक प्रयोगकर्तालाई प्रत्यक्ष लाभ हुने र दैनिक सडक प्रयोगमा हुने समस्यालाई ट्राफिक लाइटले सहयोगी भूमिका खेल्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.