|

काठमाडौं : थाहाखबरका इलाम सम्वाददाता नमीन ढकाल प्रदेशस्तरीय ओलम्पिक लेखन प्रतियोगिताको विजेता बनेका छन्।

स्पार्टस फर अल कमिसनको समन्वयमा नेपाल पत्रकार महासंघ झापाको आयोजनामा भएको लेखन प्रतियोगितामा ढकालले लेखेको 'प्रमिलाको यात्रा: इलामको लुम्बकदेखि लन्डन ओलम्पिक' उत्कृष्ट ठहरिँदै नगद ११ हजार र सम्मान पत्र प्राप्त गरेको हो।

ताप्लेजुङका खगेन्द्र अधिकारी द्वितीय बन्दै नगद ७ हजार, झापाका हिमाल खरेल तृतीय बन्दै ५ हजार र पाँचथरका भीमकुमार बाँस्कोटा सान्त्वना घोषित हुँदै २ हजार प्राप्त गरे।

एक समारोहबीच पत्रकार महासंघको कार्यालयमा विजेताहरूलाई पुरस्कृत गरिएको छ। कमिसनका प्रदेश संयोजक एवम बिर्तामोड नगरपालिका-३ का वडाध्यक्ष भोजराज सिटौला, महासंघका अध्यक्ष एकराज गिरी, प्रदेश संचार प्रतिष्ठानका सदस्य गोपाल काफ्ले लगायतले पुरस्कार हस्तान्तरण गरे। समारोहमा कोभिड संक्रमित झापाका पत्रकारलाई लेखनवृति प्रदान गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.