|

काठमाडौं : इक्वेडरको जेलमा दुई समूहबीच झडप हुँदा १८ जना कैदीको मृत्यु भएको छ। 

घटनामा ३५ जना घाइते भएका छन् । मध्य इक्वेडरको गुआयाकील र लाटाकुंगा जेलमा उक्त झडप भएको थियो। झडपमा ९ जना प्रहरी समेत घाइते भएको जेलका अधिकारीले बताएका छन्।

झडपका बेला लाटाकुंगा जेलबाट भागेकामध्ये ४५ जनालाई पक्राउ गरिसकिएको छ। 

यसअघि यसै वर्षका फेब्रुअरीमा इक्वेडरको एक जेल भित्र भएको झडपमा ८० जनाको मृत्यु भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.