|

काठमाडौं : वैदेशिक रोजगारीका क्रममा मलेसिया ज्यान गुमाएका २३ नेपालीको शव शनिबार नेपाल ल्याइएको छ। 

विभिन्न समयमा मृत्यु भएका २३ नेपालीको शव र तीन जनाको अस्तु शनिबार काठमाडौं आइपुगेको हो। क्वालालम्पुरबाट नियमित उडानमार्फत् नेपाली नागरिकको शव नेपाल ल्याइएको वैदेशिक रोजगार प्रवर्धन बोर्डले जनाएको छ।

परिवारको सहमतिमा मलेसियामै अन्त्येष्टि गरिएका तीन जनाको अस्तु ल्याइएको छ। बोर्डको समन्वयमा नेपाल ल्याइएका यी शव शनिबार नै आफन्तको जिम्मा लगाइएको जनाइएको छ। मलेसिया नेपाली श्रमिकको धेरै मृत्यु हुने मुलुकमा पर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.