|

संखुवासभा : संखुवासभाको सिलिचोङ गाँउपालिका–१ चेप्चेवा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सिलिचोङ २१ वर्षीय दिनेश राई रहेको संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए।

शनिबार दिउँसो साढे २ बजे स्वास्थ्य चौकीको फर्निचर बोकेर आउँदै गरेका राईको चेप्चेवा भीरबाट सिसुवा खोलामा खसेर मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.