|

काठमाडौं : नेकपा एमाले निकट युथफोर्सले शनिबार प्रदर्शनका क्रममा फालेको फोहोर चिकित्सा शिक्षा सुधारका अभियन्ता डा‍. गोविन्द केसीले उठाएका छन्।

सत्ताच्यूत भएलगत्तै एमालेले ब्यूँताएको युथफोर्सले शनिबार काठमाडौंका सडकमा शक्ति प्रदर्शन गरेको थियो। युथफोर्सले आफ्नो उपत्यका कमाण्ड घोषणा गर्नुअघि गरेको प्रदर्शनका क्रममा फालिएको फोहोर डा केसीले उठाएका हुन्।

शनिबार माइतीघर मण्डलामा पुगेका डा केसीले सडकको फोहोर उठाएका छन्। विवेकशील साझा पार्टीले माइतीघर मण्डलामा आयोजना गरेको विरोध कार्यक्रममा सहभागी हुन पुगेका केसीले करिब तीन कठ्ठा फोहोर उठाएका छन्।

युथ फोर्सले ११०१ जनाको उपत्यका कमाण्ड गठन गरेको थियो। गठनअघि विभिन्न ठाउँमा भेला भएका युथफोर्स कार्यकर्ता नयाँ बानेश्वरबाट माइतीघर हुँदै कार्की ब्यांकेट पुगेका थिए। 

सबै तस्विर मिलन पाण्डेकाे फेसबुकबाट

याे पनि

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.