|

काठमाडौं : विश्वभर एकै दिन पाँच लाख २८ हजार कोरोना संक्रमित थपिएका छन्। जसमध्ये अमेरिकामा सबैभन्दा धेरै ५० हजार थपिएका छन्।

यस्तै‚ भारतमा ४१ हजार ७९०, ब्राजिलमा ३७ हजार ५८२, रुसमा २३ हजार ८०७ र  फ्रान्समा २३ हजार ४७१ जनामा संक्रमण पुष्टि भएको छ। इन्डोनेशियामा ३७ हजार २८४, बेलायतमा २६ हजार १४४, टर्कीमा २२ हजार ३३२, इरानमा १९ हजार ८४६ र मेक्सिकोमा १९ हजार ३४६ संक्रमित थपिएका छन्।

यसरी नै विश्वमा एकै दिन ८ हजार ६०० जना कोरोना संक्रमितको मृत्यु भएको छ। सबैभन्दा धेरै इन्डोनेशियामा एक हजार ८०० भन्दा धेरैको मृत्यु भएको छ। ब्राजिलमा ९२५, रुसमा ७९२, भारतमा ५४२, अमेरिकामा २३६, कोलम्बियामा २९१ र अर्जेन्टिनामा १३५ संक्रमितको मृत्यु भएको छ।

विश्वभर अहिलेसम्म १९ करोड ८५ लाखभन्दा धेरै संक्रमित भइसकेका छन्। जसमध्ये १७ करोड ९२ लाख ५५ हजार संक्रमणमुक्त भएका छन्। कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४२ लाख ३२ हजार नाघेको छ। सक्रिय संक्रमितको संख्या एक करोड ५० लाख १३ हजार रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.