|

धनगढी : कैलालीको कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा तीन जना बेपत्ता भएका छन्। जिल्लाको मोहन्याल गाउँपालिका-३ बाट सुर्खेतको चौकुने गाउँपालिका–४ जाने क्रममा उनीहरू चढेको डुंगा दुर्घटनामा परेको हो।

डुंगा दुर्घटनामा परी मोहन्याल गाउँपालिका–३ की २० वर्षीया पार्वती थापा, मोहन्याल गाउँपालिका–३ कै २० वर्षीया उर्मिला सलामीमगर र उनको १० दिनको छोरा बेपत्ता भएको कैलाली प्रहरीले जानकारी दिएको छ।

डुंगामा १० जना सवार थिए। उनीहरु खोप लगाउन कैलालीबाट सुर्खेत जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्। अन्य पाँच जना सकुशल छन्। घाइते हुनेमा मोहन्याल ३ की धनसरा सलामी मगर र उनकै १ महिनाको छोरा कर्ण छन्। प्रहरीका अनुसार १९ वर्षीया धनसराको अवस्था गम्भीर छ। कर्णको अवस्था भने सामान्य रहेको बताइएको छ।

घटनास्थलमा कैलालीको सुगरखाल र सुर्खेतको बाबियाचौरको प्रहरी टोली खोजी तथा उद्धार कार्यमा खटिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.