|

अफगानिस्तानका तीन प्रमुख शहरहरूमा तालिबान लडाकु र अफगान सशस्त्र सेनाबीच केही दिनेदेखि युद्ध जारी छ।

तालिबान लडाकुहरू पहिले नै हेरात, लश्कर गाह र कान्दाहारका केही भागहरूमा प्रवेश गरिसकेका छन्।

मोहम्मद सादेक यस हप्ता आफ्नो घर कान्दाहार फर्किए। तर, उनको घर तालिबानको कब्जामा परिसकेको थियो। 'उनीहरूले मलाई घरभित्र पस्न दिएनन्', उनले भने। उनी अहिले अफगानिस्तानको दोस्रो सबैभन्दा ठूलो शहरभित्र आन्तरिक विस्थापित शिविरमा बसिरहेका छन्।

स्थानीय अधिकारीहरूका अनुसार यो महिनामात्र १ लाख ५० हजारभन्दा धेरै मानिसहरूले उक्त शिविरमा आश्रय लिइरहेका छन्। मानवीय संकटमा व्यवस्थापनमा काम गरिरहेका संगठनहरूले आउँदा महिनाहरूमा ठूलो संकट निम्तिने चेतावनी दिइसकेका छन्। तालिबानले आक्रमण जारी राखेको छ।

सरकारी सेनाले तालिबानसँग लडाइँ नगरी केही ग्रामीण जिल्लाहरू छोडिसकेका छन्। तर, कान्दाहारसहित प्रान्तीय राजधानीहरूको रक्षा गर्न प्रयास जारी राखेको छ।

कान्दाहारका सांसद गुल अहमद कामिनले यो शहर तालिबानको कब्जामा पर्ने खतरामा छ। कान्दाहारका हजारौं मानिसहरूले पहिले नै आफ्नो घर छोडिसकेको बताए।

शहरमा मानवीय संकटको स्थिति ज्यादै २० वर्ष यताकै गम्भीर स्तरमा पुगेको छ। कान्दाहार तालिबानको अखडा मानिन्छ। जहाँबाट यो समूह १९९६ मा सत्तामा पुगेको थियो। २००१ सम्म अमेरिकाको नेतृत्वमा रहेको सेनाले आक्रमण गरेपछि तालिबान कान्दाहरबाट ​ हटेको थियो।

कान्दाहरमात्र होइन, देशका अधिकांश भाग अफगान सरकारको नियन्त्रणमा आएको थियो।

आइतबार मात्र तालिबानले कान्दाहारको विमानस्थलमा रकेट प्रहार गरेको थियो।

सडकमा भिडन्त जारी छ। कान्दाहार विमानस्थल नजिकै हज तीर्थयात्रीहरूका लागि बनाइएको सरकारी केन्द्रको मैदानमा बस्दै आएकी बीबी आयशाले भनिन्, 'मैले मेरो घरअघि एउटा विस्फोटमा दुई छोराहरू गुमाएकी छु। यहाँका सडकमा मानव कंकालले भरिएका छन्। अवस्था कहालीलाग्दो छ।'

तस्वीर  : रोयर्टस

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.