|

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का सांसद गजेन्द्रबहादुर महतले मन्त्रिपरिषद विस्तारमा देखिएको अन्यौलताबारे व्यंग्य गरेका छन्। 

प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले मन्त्री बनाउन सकस परिरहेकाले शर्त राखेर लाइसेन्स जारी गर्न नेतृत्वलाई सुझाव दिए। 

उनले पार्टीमा मन्त्री बन्न देखिएको रस्साकस्सीलाई संकेत गर्दै मन्त्री हुन शर्त तोक्नुपर्ने बताएका हुन्।

‘समाचारमा आउने गरेको छ मन्त्री छान्न सकस भयो रे ! अब यसो गरौं मन्त्रीको लाइसेन्स जारी गरौं' महतले भने, 'शर्त राखौं स्थायी कमिटी सदस्य हुनैपर्ने, टन्न पैसा भएको हुनुपर्ने।’

‘यसअघि दुई पटक मन्त्री भएको हुनैपर्ने, भरसक धेरै पार्टी फेरबदल गरेको हुनुपर्ने, पार्टी नेतृत्वलाई धाक, धम्की,घुर्की लाउन सक्ने हुनुपर्ने पनि राखौं यसो गर्दा नेतालाई सजिलो होला।'

उनले अगाडि थपे, 'गुटमा आवद्ध भएकै हुनुपर्ने, भरसक पति, पति नभए पत्नी हुनुपर्ने, नेतृत्वको वरीपरि घुमेर खुशी बनाउन सक्ने खुबी भएको हुनुपर्ने, भ्रष्टाचार र कमिसनका सबै दुला थाहा पाएको र सदनमा आइराख्नु नपर्ने झल्याकझुलुक आए हुने माननीयलाई मन्त्री बनाउने व्यवस्था गरौं।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.