|

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनमत र विधिको शासनको उपहास गर्दा एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट बालकोट पुगेको टिप्पणी गरेका छन्। 

भक्तपुरको मध्यपुर नगरपालिका–३ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गर्दै उनले भने,  'जनताले दिएको म्यान्डेटको अपमान गरेर म नै विधि म नै कानुन मैले जे गरेपनि हुन्छ भन्ने सोचले ओलीको बर्हिगमन भयो। यो कुराबाट सबैले पाठ सिक्नुपर्छ।' 

संविधान र कानुनभन्दा माथि कोही पनि नहुने उनको भनाइ छ। ओलीमा बढेको अहमताले मुलुकको राष्ट्रिय  राजनीति फरक किसिमले अघि बढेको उनले बताए।

उनले भने, 'ओलीको भनाई र गराई फरक छ। आफ्नो शासन कालमा के कति भ्रष्टाचारका समाचार आए भन्ने कुरा ख्याल गर्नुहोस्। म नै सबथोक मैले बोलेपछि नहुने भनेकै केही छैन। त्यही घमण्डको कारणले दुईतिहाइको सरकारबाट बालकोट पुग्नुपरेको छ।' 

जनप्रतिनिधि जनता र मुलुकप्रति उत्तरदायी हुनुपर्नेमा उनले जोड दिए। जनप्रतिनिधिले गर्ने व्यवहारलाई नागरिकले उच्च महत्त्वका साथ हेरिरहेको उनको भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.