|

इलाम : ४० वर्ष भारतीय जेलमा बिताएर नेपाल फर्काइएका दुर्गाप्रसाद तिम्सिना फेरि हराएका छन्। माई नगरपालिका–१० लुम्बकका दुर्गाप्रसाद परिवारका सदस्यलाई जानकारी नगराई आज (आइतबार) हिँडेका हुन्।

‘सधैं बिहान घरबाट हिँडेर ११/१२ बजे फर्कनुहून्थ्यो, तर आज बिहान हिँड्नुभएको थिएन, ५ बजेतिर घट्टासम्म पुगेको जानकारी पाएका छौं,’ उनका भतिज गोपालले भने, ‘दिनभरि पानीमा भिज्नुभएको थियो। करिब ४ बजेसम्म घरमा नै हुनुहुन्थ्यो हामी सबै आआफ्नो काममा लाग्यौं, कति बेला हिँड्नुभएछ थाहा नै भएन।’

इलाम जान भन्दै हिँडेका उनी इलाम नगरपालिका–१० घट्टामा आइपुगेका स्थानीयसँग फोन सम्पर्क गर्दा थाहा भएको गोपालले बताए। लुम्बकबाट घट्टासम्म आइपुग्न करिब ३ घण्टा समय लाग्छ। तर दुर्गाप्रसाद १ घण्टामा नै आइपुगेका थिए।

केही सातादेखि उनको स्वास्थ्य अवस्था असामान्य बन्दै गएको गोपालले बताए। इलामको तत्कालीन एकतप्पा गाउँ पञ्चायत–८ खँगुवा ९ (हाल फाकफोकथुम गाउँपालिका) बाट २०३७ साल माघमा मंगलबारे बजारको बुधबारे हाटमा तोरी बेच्न भनी हिँडेका उनी भारतीय जेलमा पुगेका थिए। 

गत चैत ७ गते रिहा भएर उनलाई नेपाल ल्याइएको थियो। कोलकाता हाइकोर्टले महावाणिज्य दूतावासमार्फत् ६/६ महिनामा दुर्गाप्रसादको स्वास्थ्य अवस्थाबारे जानकारी गराउने गरी रिहा भएका थिए।

उनले ९ वर्ष ९ महिनाको बालकको जस्तो बोली–व्यवहार मात्र गर्नसक्ने चिकित्सकले रिपोर्ट दिएका थिए। 

त्यस्तै माई नगरपालिकाले ५० हजार नगद र यातायात खर्च १७ हजार रुपैयाँ प्रदान गरेको थियो। तर थप उपचार नपाएपछि केही साता यता स्वास्थ्यमा समस्या हुँदै आएको थियो।

गोपालले भने, ‘सधैं बिहान हिँडेर घर फर्किर आउनुहुन्थ्यो, तर आज बेलुका हिँड्नुभएको कहाँ हुनुहुन्छ पत्ता लागेको छैन, हामीले प्रहरीलाई खोजतलासका लागि जानकारी गराएका छौं।’

उनलाई कसैले देखे ९८४२०९२३५४ मा सम्पर्क गरिदिन गोपालले आग्रह पनि गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.