|

बर्दिया : सवारी दुर्घटनामा परी बर्दियाका २ जनाको ज्यान गएको छ। बाँकेको गाभरमा भएको दुर्घटनामा बर्दिया बाँसगढी-८ का चेतन बोहोरा र प्रदीप चौधरीको मृत्यु भएको हो। 

इलाका प्रहरी कार्यालय कोहोलपुरका अनुसार पश्चिमदेखी पूर्वतर्फ जाँदै गरेको ना६ख ६७९९ नम्बरको ट्रकले लु६प १८२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुर पुर्‍याइएको थियो। उपचारका क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.