‘सही बाटोमा थियौँ, अहिले भूमिका फेरिएको छ’

|

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पदीय स्वार्थ र अहंकारका कारण पार्टी विभाजनको तहसम्म पुगेको बताएका छन्।

ललितपुरस्थित तुल्सीलाल अमात्य स्मृति भवनमा जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले यस्तो बताएका हुन्‌।​​

एकीकृत (समाजवादी पार्टी) का अध्यक्ष माधवकुमार नेपालको कदमतर्फ संकेत गर्दै ओलीले भने, ‘सामान्य अवस्थामा पार्टी अगाडि बढिरहेको बेला केहीको स्वार्थ र अंहकारवश नयाँ पार्टी दर्ता गर्ने तहसम्म पुग्नुभयो। उहाँहरू आन्दोलन र पार्टीलाई कमजोर बनाउन लागिराख्नुभएको छ।’

पार्टीभित्रको विवादकै कारण पार्टीको अहिले भूमिका फेरिएको ओलीले बताए। उनले भने, ‘हाम्रो भूमिका फेरिएको छ। हामी सरकारमा थियौँ। देश एउटा आशा र विश्वासका साथ अगाडि बढ्दै थियो। त्यस अवस्थामा हामीसँग दुई तिहाई थियो। ७ मध्ये ६ प्रदेशमा हाम्रो सरकार थियो। स्थानीय तहमा पनि एकछत्र नै थियोँ। हामी समाजवादको बाटोमा थियौँ।’

एमालेको कार्यदिशा र बाटो सही भएको भन्दै ओलीले अन्तिम कित्ताकाटको अवस्थामा पुगेकाहरूलाई फर्किन आग्रह गरे। केही व्यक्तिका स्वार्थको लडाइँकै कारणले केन्द्रीय र प्रदेश सरकार ढलेको ओलीले तर्क गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.