|

क्यानाडामा नेपाली समुदायका ज्योति वैद्य 'पिलार कम्युनिटी लिडरसिप अवार्ड'को अन्तिम तीनमा पर्न सफल भएका छन्।

वैद्यसँगै लेरोय हिवर्ट र सारा लेम्यान अवार्डको प्रतिष्पर्धामा रहेका छन्। अवार्ड विजेताले दुई हजार डलर पाउने र त्यो रकम उनीहरुले इच्छाएको संस्थालाई दान दिन सक्ने आयोजक संस्था पिलार नेटवर्कले जनाएको छ। साथै विजेताको नाम लण्डन, अन्टारियोको केन्द्रीय पुस्तकालयमा पनि राखिने छ।

कम्युनिटी लिडरसिप बाहेक यसपटक कम्युनिटी इनोभेसन, कम्युनिटी इम्प्याक्ट र कम्युनिटी कोलावोरेसन शीर्षकमा पनि अवार्ड प्रदान गरिने आयोजक संस्थाले जनाएको छ। यी चारवटाबाहेक पाँचौ विधाको प्रतिष्पर्धा कम्युनिटी च्वाइस अवार्डका लागि भने अन्तिम प्रतिपर्धामा रहेका व्यक्ति र संस्थाहरु स्वतः छानिन्छन्। सबै विजेताहरु भोटिङबाट छानिन्छन्।

अन्टारियो दक्षिण पश्चिम क्षेत्रमा कार्यरत ६०० भन्दा बढी गैरसरकारी संस्थाको नेटवर्क पिलारले २००६ देखि यो अवार्ड प्रदान गर्दै आएको छ। हरेक विधाका एक-एकजना विजेताको नाम आगमी नोभेम्बर १८ मा घोषणा गरिने आयोजकले जनाएको छ।

लामो समयदेखि लण्डन, अन्टारियोमा बसोबास गरिरहेका वैद्यले पछिल्ला ४० वर्षमा नेपाल र क्यानाडाका अनेकौं स्वयमंसेवी परियोजनाहरुको नेतृत्व गरेका छन्। हाल हेल्पिङ ह्याण्डस् विदाउट बोडर्सका सल्लाहकार रहेका उनले भाषाको समस्याका कारण अफ्ठ्यारोमा परेका लण्डन, अन्टारियो क्षेत्रका ९०० भन्दा बढी नेपालीभाषी समुदायलाई कोभिड-१९ का बारेमा सही सूचना प्रवाहमा सहयोग गरिरहेका छन्। उनले सरकारी सहयोगमा क्यानाडा ल्याइएका नेपालीभाषी भुटानीहरुका लागि आधारभुत आवस्यकताको व्यवस्थापन र अन्य क्षेत्रमा सहयोगका पुर्याएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.