|

सुर्खेत : कर्णाली करिडोरअन्तर्गत कालिकोट जिल्लाको सान्नी–त्रिवेणी गाउँपालिका–२ आम्तडामा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ। ११ जना घाइते भएका छन्।

दुर्घटना आइतबार दिउँसो १२ बजे भएको थियो। जिपचालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार कालिकोटको शान्तिघाटबाट तिजेगडाका लागि छुटेको क १ ज ३२ नम्बरको जिप दुर्घटना हुँदा चालक विक्रम गिरीको घटनास्थलमै मृत्यु भएको हो।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार जिपका ११ यात्रु घाइते भएका छन्। घाइतेमध्ये ५ जना सिकिस्त छ। ६ जना स्वास्थ्य सामान्य रहेको प्रहरीले जनाएको छ।

कालिकोटको रास्कोट नगरपालिका–९ का नरपति लुवार, लक्ष्मी बराल, जगत तिरुवा, प्रेम बराल, टेक लुवार र रास्कोट नगरपालिका–७ का कमलराज शाही घाइते भएका कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता अर्जुन चन्दले जानकारी दिए।

उनका अनुसार घाइतेमा सान्नी–त्रिवेणी गाउँपालिका–६ का बदे संज्याल, रन्तप्रसाद संज्याल, सुन्दर संज्याल, तिलकप्रसाद संज्याल र पचाल–झरना गाउँपालिका–९ कि अनिता शाही छन्।

घाइतेको उद्धार भइरहेको र प्रदेश सरकारसँग हेलिकप्टर माग गरिएको कालिकोटका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.