|

काठमाडौं :  विश्वकर्मा पूजाका लागि विश्वकर्माको मूर्ति बनाउन कालिगढहरूलाई यतिबेला भ्याइनभ्याई छ।

असोज १ गते मनाइने विश्वकर्मा पूजाका लागि मूर्ति बनाउँदैमा उनीहरूलाई अहिले खाना खानेसमेत फूर्सद छैन।

विश्वकर्मा पूजा नजिकिएसँगै मूर्ति बनाउने मात्र नभएर सिंगार्नमा पनि उनीहरू उत्तिकै व्यस्त छन्। ललितपुरको बुसिंगल सानेपाका कलाकारलाई मूर्ति बनाउन र सिंगारपटार गर्न भ्याइनभ्याई छ। विश्वकर्मा पूजा सकिएपछि दशैंका लागि नवदुर्गा भगवती, तिहारका लागि लक्ष्मी, कुमार र गणेशको मूर्ति बनाउन धमाधम हुन्छ।

लामो समयदेखि मूर्ति बनाउँदै आएका श्यामलाल पण्डितले यस वर्षको बाढीले आधाभन्दा बढी मूर्ति बगाएकले घाटा लागेको बताए।

'परिवारका सदस्यले मात्र नभ्याएर कालिगढ बोलाएर मूर्ति बनाइयो, तर सबै मूर्ति बाढीले बगायो,' उनी थप्छन्।

तस्वीर :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.