|

काठमाण्डौं : अमेरिकाले नेपालबाट चोरी भएर अमेरिका पुगेको उमा महेश्वरको मूर्ति फिर्ता दिएको छ। 

कोलोराडो राज्यको डेनवरमा भएको कार्यक्रममा डेनवर आर्ट म्युजियमका अधिकारीले अमेरिकाका लागि नेपाली राजदूत डाक्टर युवराज खतिवडालाई उमामहेश्वरको मूर्ति हस्तान्तरण गरेको हो।

ललितपुरको पाटनको ऐतिहासिक उमामहेश्वरको मूर्ति डेनवर आर्ट म्युजियममा १९७५ देखि प्रदर्शनमा राखिएको थियो।

 

राजदूत डा। खतिवडाले सङ्ग्रहालयका अधिकारीहरूलाई नेपालबाट चोरी भएर अमेरिका पुगेको मूर्ति फिर्ता गरेकोमा धन्यवाद व्यक्त गरे।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.