|
फाइल फोटो

चितवन : पहिरोका कारण अवरुद्ध मुग्लिन–नौबिसे सडक सञ्चालनमा आएको छ। मंगलबार राति २ बजेदेखि अवरुद्ध सडक पहिरो हटाएसँगै अहिले दुईतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै सडकमाथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो। सडक सञ्चालन भएसँगै सवारी साधन गन्तव्यतर्फ लागेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.