|

काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्य २०० रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार ९०० रुपैयाँ तोकिएको छ। आइतबार ८९ हजार १०० रुपैयाँमा कारोवार भएको थियो।  

त्यस्तै‚ सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ४५० रुपैयाँ कायम गरिएको छ। तेजाबी सुन आइतबार ८८ हजार ६५० रुपैयाँमा कारोवार भएको थियो।

त्यस्तै सोमबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ। चाँदीको मूल्य आज प्रतितोला एक हजार १३५ रुपैयाँ कायम गरिएको छ। चाँदीको मूल्य आइतबार प्रतितोला एक हजार १५० रुपैयाँ थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.