|

सन् १९८२ मा अमेरिकी लेखक स्टेफन किङको उपन्यास 'रिटा हेवर्थ एण्ड शशांक रेडेम्पसन' सार्वजनिक भयो। त्यसै ताका हलिउडमा भर्खरै प्रवेश गरेका फ्रांक डोराबोन्टले र स्टेफनको छोटो कथा 'द वुमन इन द रुम'मा फिल्म बनाउने अनुमति मागेका थिए। जुन फ्रांकको पहिलो फिल्म हो। 

सन १९८३ मा प्रदर्शनमा आएको उक्त फिल्मले फ्रांकलाई एउटा कुशल निर्देशकको रुपमा स्थापित गर्यो। त्यही फिल्मपछि उनी पटकथाकारको रुपमा अन्य निर्देशकको रोजाइमा पनि पर्न थालेका थिए। 'द वुमन इन द रुम' पछि उनले अन्य तीन वटा फिल्मको पटकथा लेखे तर फिल्म निर्देशन गर्न उनले हतार गरेनन्। 

पहिलो फिल्मको सफलतापछि उनलाई दोस्रो फिल्म पनि विशेष बनाउँ भन्ने थियो। त्यसको लागि उनको स्टेफनकै उपन्यास 'रिटा हेवर्थ एण्ड शशांक रेडेम्पसन' थियो। पहिलो फिल्म निर्देशन गरेको दश वर्षपछि उनलाई लाग्यो सही समय यही हो। पटकथा र फिल्मका लागि कलाकार फाइनल भइसेपछि उनी सन् १९९३ जुनदेखि छायांकन उत्रिए। त्यसको एक वर्षपछि सन १९९४ सेप्टेम्बरमा एउटा कालजयी फिल्म जन्मियो 'द शशांक रेडेम्पसन'। 

सेप्टेम्बर १० मा टोरेन्टो फिल्म फेस्टिवलमा प्रदर्शन भएको फिल्म सेप्टेम्बर २३ मा अमेरिकामा प्रदर्शनमा आयो। फिल्म जति धेरै दर्शकसम्म पुग्दै गयो यसलाई उति विशेष मानिँदै गयो। सिने समीक्षकले यो इतिहासकै सबैभन्दा उत्कृष्ट फिल्म रहेकाे बताए। त्यतिमात्र होइन फिल्म प्रदर्शनमा आएको २७ वर्षपछि पनि अधिकांश सिने पारखीको सबैभन्दा मनपर्ने फिल्म बनेको छ 'द शशांक रेडेम्पसन'। 

फिल्मको मियोको रुपमा मुख्य पात्र एण्डी डिफ्रेन र रेडको मित्रतालाई लिन सकिन्छ। फिल्ममा एण्डी डिफ्रेनको भूमिकामा टिम रोविन्स र रेडको भूमिकामा मोर्गन फ्रिम्यान देखिएका छन्। फिल्ममा मित्रता, आशा, निराशा तथा स्वतन्त्रतालाई सुक्ष्म ढंगले चित्रण गरिएको छ। जसले गर्दा फिल्म सदाबहार बनेकाे छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.