|

काठमाडौं : आज सेप्टेम्बर २७ अर्थात् विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रम गरेर मनाइँदै छ। कोरोना महामारीबाट तंग्रिँदै गरेको पर्यटन व्यवसाय यो दिवसले केही राहत दिने पर्यटन व्यवसायीको अपेक्षा पनि छ।

नेपालमा औपचारिक रुपमा पर्यटन व्यवसाय सुरु भएको लगभग ७ दशक भएको छ। यति लामो इतिहास बन्दासम्म पनि नेपालमा वार्षिक ११-१२ लाख विदेशी पर्यटक भित्रिँदैमा नेपालीले गर्व गर्नुपर्ने अवस्था छ।

अझ कोरोना महामारीका कारण करिब शून्यमा झरेको पर्यटन व्यवसायले यो तथ्यांक अनुमान गर्दा पनि निकै हर्षित हुनुपर्ने अवस्था छ।

विश्वमा पर्यटकीय हिसाबले नेपाललाई अब्बल मानिन्छ। ८ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटा हिमालमध्ये नेपालमा ८ वटा रहेका छन। तीमध्ये प्रदेश १ मा ५ वटा पर्छन्।

प्रदेश १ मा रहेका ८ हजार मिटरमाथिका ५ वटा हिमालमध्ये विश्वकै अग्लो सगरमाथा, विश्वकै तेस्रो अग्लो कञ्चनजंघा, चौथो अग्लो ल्होत्से, पाँचौं मकालु र छैटौं अग्लो चोओ यु रहेका छन्।

धादिङको भैरबीबाट लाङटाङ, गणेश हिमाल, मानापाथी, घोडाघोडीलगायत हिमालका दृश्यहरू प्रस्तुत गरेका छौँ।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.