|

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले विज्ञान र प्रविधिको उच्च विकासका कारण विश्वभर मौलाउँदै गएको अपराधबाट नेपाल अछुतो रहन नसकेको भन्दै यस प्रकारको अपराध नियन्त्रणका लागि नेपाल प्रहरी चनाखो हुनुपर्ने बताएका छन्। 

 ६६ औँ प्रहरी दिवसका अवसरमा आज प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले निष्पक्ष अनुसन्धान न्यायका लागि अपरिहार्य हुने हुँदा नेपाल प्रहरीले निष्पक्ष छानबिनमा सम्झौता नगर्ने विश्वास पनि व्यक्त गरे।

समारोहमा गृहमन्त्री बालकृष्ण खाडले नागरिकको जीवन रक्षा गरी शान्ति सुरक्षा कायम गर्दै संविधान र विधिको पालन गर्ने र गराउने सरकारको अभिन्न अङ्गका रुपमा नेपाल प्रहरीले महत्त्वपूर्ण भूमिका खेलेको बताए। 

गृहमन्त्री खाडले नेपाल प्रहरीले कोभिड– १९ को महामारीमा आफ्नो जीवनको प्रवाह नगरी जनताको जीवन रक्षाका लागि अग्रपङ्तिमा खटिएका प्रति उच्च प्रशंसा गरे।

मन्त्री खाडले अगामी दिनमा सरकार प्रहरी मैत्री हुने खेलेको भूमिकाको कदर गरे। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरी सदैव कर्तव्य क्षेत्रमा निष्ठावान् भएर लागि पर्ने बताए।

पछिल्लो समाचार  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.