|
बर्दियाको ओराही खोलामा ठेकेदार यज्ञ केसीले अलपत्र पारेको निर्माणाधीन पुल। तस्वीर : विमला ढकाल

बर्दिया : बर्दियाको ओराही खोलामा बनाउन थालेको पक्की पुल सम्झौताको म्याद सकिएको १८ महिनापछि पनि निर्माण भएको छैन।

बर्दिया राष्ट्रिय निकुञ्जको मुख्यालय ठाकुरद्वारा जोड्ने आम्बासाको ओराही खोलामा दुई ठाउँमा पक्की पुल निर्माण सुरु भएको थियो। एक ठाउँमा भने सम्झौता सकिनुभन्दा झण्डै ९ महिनाअघि नै पुल बनिसकेको छ। 

तर, ओराही खोलाकै अर्को ठाउँमा भने सम्झौता सकिएको डेढ वर्षभन्दा बढी समय बितिसक्दा पनि ठेकेदारले बेवास्ता गर्दा बनेको छैन।

बर्दिया ठाकुरबाबा नगरपालिका–२ पेरहनी तथा वडा नं ६ कालिगौडी गाउँनजिक पुल निर्माणको ठेक्का बागेश्वरी कन्स्ट्रक्सनले पाएको थियो। 

कन्स्ट्रक्सनका प्रोप्राइटर यज्ञ केसीले ०७४ साल चैतमा करिब १० करोड ३४ लाख रूपैयाँ लागतमा ठेक्का सम्झौता सडक डिभिजन कार्यालय नेपालगन्जसँग गरेका थिए। पुल ०७६ फागुन मसान्तसम्म बनाइसक्ने सम्झौतामा उल्लेख थियो। 

सम्झौताअनुसार निर्माण सम्पन्न गर्नुपर्ने म्याद सकिएपछि पनि १८ महिना बितिसकेको भए पनि पुल निर्माण भएको छैन।

पुल निर्माणका लागि म्याद थप भएर आएपछि पनि असारभित्रै सम्पन्न गर्ने ठेकेदार केसीले प्रतिबद्धता जनाए पनि सम्पर्कमा आएका छैनन्।

पुल सुस्त गतिमा निर्माण भईरहेको भन्ने स्थानीयको व्यापक जनगुनासोपछि ठेकेदार केसीले पुल निर्माणलाई तिहारपछि तीव्रता दिने जनाएका छन्।

वर्षामा धेरै समस्या हुने गरेको स्थानीय गोपाल बुढाले बताए। उनले तत्काल पुल निर्माण सक्न माग गरेका छन्। पुल निर्माणमा लापरबाही गरेको भन्दै स्थानीय आक्रोसितसमेत बनेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.