|

विश्वभर एकै दिन साढे ४ लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा ४ लाख ५१ हजारमा संक्रमण पुष्टि भएको हो।

जसमध्ये अमेरिकामा सबैभन्दा धेरै ९६ हजार जनामा संक्रमण देखिएको छ। वेलायतमा ४० हजार ७००, टर्कीमा ३० हजार, रसियमा २७ हजार ५००, जर्मनीमा २२ हजार ४००, भारतमा २१ हजार ५०० र मलेसियामा ९ हजार ९००  जना संक्रमित थपिएका छन्।

यस्तै‚ सोही अवधिमा ७ हजार ७७३ जनाको कोरोनाका कारण मृत्यु भएको छ। मृत्यु हुनेमा अमेरिकामा १ हजार ६४२, रसियामा ९२४, मेक्सिकोमा ७१३, ब्राजिलमा ४५१, जर्मनीमा ४११, भारतमा २७७, इरानमा २३३ र टर्कीमा २१७ जनाको मृत्यु भएको हो।

हालसम्म विश्वभर २३ करोड ७५ लाख ११ हजार संक्रमित भएका छन्। संक्रमितमध्ये ४८ लाख ४८ हजार ५२६ जनाको मृत्यु भएको छ भने २१ करोड ४६ लाख संक्रमणमुक्त भएका छन्। विश्वभर सक्रिय संक्रमितको संख्या एक करोड ८० लाख रहेको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.