|
पक्राउ परेका आशीष मिश्रा

काठमाडौं :  भारतको उत्तर प्रदेशको लखीमपुर खिरीमा भएको हिंसाका मुख्य आरोपित केन्द्रीय गृह राज्यमन्त्रीका छोरा आशीष मिश्रा पक्राउ परेका छन्।

मिश्राको गाडीको ठक्करबाट चार जनाको मृत्यु भएको पुष्टी भएपछि भारतीय प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

प्रहरीले नियन्त्रणमा लिई १२ घण्टासम्म सोधपुछ गरेपछि उनी दोषी ठहर भएका हुन्।  उनीविरुद्ध व्यक्ति हत्या, र गैर हत्याको अभियोगमा मुद्दा चलाइने भएको भारतीय सञ्चारमाध्यहरुले जनाएका छन्।

केही साता अघि भारतको लखिमपुर खिरीमा क्षेत्रमा किसानको आन्दोलनका क्रममा उनले आफ्नो गाडीले किचेर ४ जनाको हत्या गरेको थियो। सो क्षेत्रमा किसानहरुले गरेको विरोध प्रदर्शनका क्रममा ८ जनाको मृत्यु भएको थियो।

भारतमा केन्द्र सरकारले ल्याएका कृषि सम्बन्धी तीन नयाँ कानूनको विरोधमा गत वर्षदेखि नै आन्दोलन हुँदै आएको छ। पञ्जाब, हरियाणा, राजस्थान, महाराष्ट्र, गुजरातसहितका राज्यका किसानहरु आन्दोलनमा सहभागी भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.