|
धनगढी विमानस्थलको फाइल तस्वीर।

धनगढी : धनगढी विमानस्थल अवरुद्ध बनेको छ।

धनगढीबाट बाजुरा जाने समिट एयरको जहाजको टायरमा समस्या आएपछि धावनमार्ग अवरुद्ध बनेको  विमानस्थलका प्रमुख रामकृष्ण भट्टले जानकारी दिए। 

टायरको खराबीका कारण सो जहाज उड्न नसकेर धावनमार्गमा रोकिएपछि अहिले धनगढी विमानस्थल अवरुद्ध भएको छ।

समिट एयरको जहाज ग्राउन्डेड भएको र धावनमार्गबाट हटाउने प्रयास भइरहेको प्रमुख भट्टले बताए।

‘टायर जाम भएर जहान उड्न सकेन। पाइलटले इन्जिनियरसँग सल्लाह लिइरहनु भएको छ। अब रनवेबाट सारेर विमानस्थल सञ्चालनको प्रयास गरिरहेका छौं, भोलिसम्म सञ्चालनमा आउने छ,’ उनले भने।

विमानका कारण यहाँबाट काठमाडौंंका लागि उड्ने श्री एयरलाइन्सको जहाज पनि उड्न पाएको छैन। यस्तै काठमाडौंबाट आउने बुद्ध एयरको जहाज पनि आउन पाएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.