|

पाल्पा : आज बडादशैँको नवरात्रको अन्तिम दिन आज महानवमी मनाइँदैछ। नौ दिनसम्म गरेको नवरात्र विधि यो तिथिमा सम्पन्न गरिन्छ।

नवमीमा भगवती दुर्गाको नवौं रूप सिद्धिदात्रीको पूजा–आराधना गरिन्छ। यसैबीच स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ बिर्घास्थित कट्टीगाउँमा रहेको कोटघरमा बिहीवार दिनभरि भक्तालुहरूको घुइँचो लागेको छ।

दुर्गादेवीको पूजाआरधना गर्न भक्तालुको भीड लागेको हो। बाजागाजासहित पञ्चवली चढाइएको छ। गतवर्ष यहाँ सुनसान थियो। कोरोना संक्रमण कम भएसँगै दुई वर्षपछि कोटघरमा मानिसहरूको भीड लागेको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.