|

काठमाडौं : बडादशैंको दसौँ अर्थात् मुख्य दिन आज बिहान ८:१९ बजे असोज २१ गते घटस्थापना गरी पूजा अराधना शुरु गरिएको नवदुर्गा देवीलाई विधिपूर्वक विसर्जन गरिएको छ।

देवी बिजर्सजनका लागि बिहान ८:१९ बजेको साइत शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले जानकारी दिए। यसै साइतमा हनुमानढोका दरबार दशैँ घरमा देवी बिसर्जन गरिएको छ। यसैगरी घर घरका पूजा कोठा एवं दशैँ घरमा पनि देवी बिसर्जन गरिएको छ।

विजयादशमीका दिन आज देवी बिसर्जनअघि बिहान शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीसहित जया, विजया, अजिता, अपराजिता गरी १३ देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो।
 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.