|

काठमाडौं : रूपन्देहीमा बाढीले डाइभर्सन बगाएको छ। देवदहस्थित घोडाहमा बनाइएको डाइभर्सन बाढीले बगाएको हो।

गए रातिदेखि लगातार परेको पानीले खोलामा पानीको सतह बढेको छ। यस अघि पनि भदौमा परेको वर्षापछि आएको बाढीले घोडाह पुल भासिएको थियो। पुल भासिएपछि डाइभर्सन बनाइएको थियो।

डाइभर्सन बाढीले बगाएपछि फेरि पनि यातायात अवरूद्ध भएको छ। यातायात अवरुद्ध हुँदा बुटवलबाट पूर्व जाने सवारी साधन चल्न सकेका छैनन्।

रुपन्देही, कपिलवस्तु, नवलपरासीलगायत क्षेत्रमा आइतबारदेखि निरन्तर वर्षा भइरहेको छ। मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले वर्षा अझै केही दिन जारी रहने बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.