|

काठमाडौं : पछिल्लो २४ घण्टामा थप १३ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ। योसँगै अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ३ सय १८ पुगेको छ।

गत २४ घण्टामा थप ६ सय ६२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २२ पिसिआर परीक्षणमा ५ सय ३५ जना र १ हजार ४ सय ४ एन्टिजेन परीक्षणमा १ सय २७ जना गरी कुल ६ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै कोरोना संक्रमित हुनेको कुल संख्या ८ लाख ७ हजार ५२ जना पुगेको छ।

विगत २४ घण्टामा थप ७ सय ५८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन्। योसँगै कोरोना संक्रमणमुक्त हुनेको कुल संख्या ७ लाख ८४ हजार १ सय ५५ जना पुगेको बताइएको छ।

विश्वमा २४ करोड २४ लाख ५१ हजारभन्दा बढी संक्रमित भएका छन् भने कोरोनाका कारण हालसम्म ४९ लाख ३१ हजार भन्दा बढीको मृत्यु भइसकेको छ।

सबैभन्दा बढी अमेरिकामा ७ लाख ४८ हजार, ब्राजिलमा ६ लाख र भारतमा ४ लाख ५० हजार भन्दा बढीले कोरोनाबाट ज्यान गुमाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.