|

डडेल्धुरा : डडेल्धुरामा भीरबाट खसेको ढुंगा लागेर एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा आलिताल गाउँपालिका–८ की ५० वर्षीया पार्वती खड्का रहेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ।

बिहीवार दिउँसो घर नजिकै काम गरिरहेको बेला भीरबाट एक्कासी खसेको ढुंगाले लागेर खड्का गम्भीर घाइते भएकी थिइन्। गम्भीर घाइते खड्काको उपचारका लागि धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.