|

संखुवासभा : मकालु गाउँपालिका–२ याङ्लेखर्कमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलामको सूर्योदय नगरपालिका–४ श्रीअन्तुका धरणीधर घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए।

मकालु बेश क्याम्प घुम्न गएका घिमिरेको निमोनियाका कारण मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए। घिमिरे श्रीअन्तुका शिक्षक तथा होमस्टे व्यवसायी समेत हुन्।

याङ्लेखर्कमा पुगेपछि घिमिरेलाई स्वास्थ्य समस्या देखिको थियो। स्वास्थ्य समस्या देखिएपछि उपचारका लागि बोकेर सदरमुकाम ल्याउँदै गर्दा गत मंगलबार उनको बाटैमा मृत्यु भएको आफन्तले जानकारी दिए।

गत असोज २८ मा मृतक घिमिरेसहित उनका जेठा दाजु एकराज, माइला दाजु रुद्र, छिमेकी मिलन ढकाल, मारेङको विराटनगर महानगरपालिका–४ का उज्वल घिमिरे, सुनसरीका सौजन घिमिरे र संखुवासभाको चैनपुर नगरपालिका–६ का श्याम राउत मकालु आधार शिविर घुम्न गएका थिए। घटनाबारे मृतकका दाजुले बिहीबार मात्रै प्रहरीलाई जानकारी गराएका थिए।

घटनास्थल सदरमुकाम खाँदबारी बाट ५ दिनको पैदलमा पर्दछ। संखुवासभाको मकालु आधार शिविरमा गत बर्ष खाँदबारी नगरपालिका–१ का २४ वर्षीय विवेक श्रेष्ठको लेक लागेर मृत्यु भएको थियो।

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.