|

काठमाडौं : नेपाल विद्यार्थी संघका(नेविसंघ)का पूर्व कोषाध्यक्ष कुन्दनराज काफ्लेले विधिसम्मत महाधिवेशन गर्न नेविसंघ केन्द्रीय समिति र पार्टीले आफ्नो मागको सुनुवाई नभए आगामी आइतबारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा रिले अनसन बस्ने चेतावनी दिएका छन्। 

नेविसंघका पूर्व कोषाध्यक्ष काफ्लेले ११ औँ महाधिवेशन विवाद मिलाएर गराउनुपर्ने माग गर्दै तीन दिनसम्म पनि माग सम्बोधन नगरिए आमरण अनसन समेत बस्ने चेतावनी दिएका हुन्। आज पत्रकार सम्मेलन गर्दै उनले भागवण्डाका आधारमा महाधिवेशन गर्दा सङ्गठन कमजोर हुने भन्दै विवाद रहेका जिल्लालाई तत्काल टुङ्ग्याएर महाधिवेशन गर्न आग्रह गरे।

उनले भने,‘आन्तरिक लोकतन्त्रको चीरहरणका कारण आन्तरिक लोकतन्त्रको सुनिश्चितताको लागि हाम्रो आन्दोलन हो, विधिवत महाधिवेशन नगरि भागवण्डाका आधारमा अधिवेशन गर्न खोजिनु लोकतन्त्र र कांग्रेस कमजोर पार्ने षड्यन्त्र हो, हामी यो कदापि हुन दिँदैनौं।’

उनले विवाद समस्या समाधान समिति बनेपनि अहिलेसम्म बैठक बस्न नसक्नु दुखद भएको बताए। उनले थपे, ‘नेविसंघलाई भर्ती केन्द्र बनाउनुहुँदैन, विधि, विधान र नियम पद्धतीका कुरा हाम्रो संगठनबाट अरु संगठनले सिक्ने हो, यदि यो र त्यो नाममा यसमाथि प्रहार हुन्छ भने कदापि ईमानदार नेविसंघलाई सैह्य हुनेछैन, विधिको लागि नै हाम्रो लडाई, आन्तरिक लोकतन्त्रको सुनिश्चितता नहुन्जेलसम्म हामी लडाईमै हुन्छौं।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.