|

काठमाडौं : साताको तेस्रो दिन मंगलबार पनि सेयर बजारमा हरियाली छाएको छ। हिजो ८७ दशमलव ६३ अंकले बढेको नेप्से परिसूचक आज ७८ दशमलव ८२ अंकले उकालो लागेको हो।

योसँगै नेप्से दुई हजार सात सय ५१ दशमलव ७ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि आज ११.५ अंकले बढेर पाँच सय १६ दशमलव ७ को विन्दुमा पुगेको छ। आज कारोबार रकम पनि बढेर सवा ६ अर्ब रुपैयाँ बढीको भएको छ।

यो सातको तीन दिन सेयर बजार सकारात्मक बनेको छ। तीन दिनमा बजार झण्डै दुई सय अंकले उकालो लागेको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ।

होटेल तथा पर्यटन समूह सर्वाधिक ७ दशमलव ५१ प्रतिशतले उकालो लागेको छ। वित्त समूह ५ दशमलव ६१ प्रतिशतले बढेको आज बैंकिङ समूहमा २ दशमलव ४४ प्रतिशत, व्यापार समूहमा २ दशमलव ७६ प्रतिशत, विकास बैंक समूह ३ दशमलव ७७ प्रतिशतले उकालो लागेको छ।

यस्तै जलविद्युत समूहमा ४ दशमलव ३३ प्रतिशत, निर्जीवन बीमा समूहमा २ दशमलव ६५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २ दशमलव ७८ प्रतिशत, अन्य समूहमा २ दशमलव ४६ प्रतिशत, लघुवित्त समूहमा ३ दशमलव ३४ प्रतिशत, म्युचुअल फन्ड समूहमा १ दशमलव ३५ प्रतिशत र लगानी समूहमा ४ दशमलव ५ प्रतिशतको वृद्धि भएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरू

आज नेप्सेमा सूचीकृतमध्ये दुई सय २७ कम्पनीका एक करोड १४ लाख ८६ हजार एक सय २३ कित्ता सेयर ६ अर्ब ३१ करोड ८३ लाख ४० हजार ९ सय ३२ रुपैयाँमा किनबेच भएका छन्। आज कामना सेवा विकास बैंकको सर्वाधिक ४४ करोड ७४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

नबिल बैंकको ३४ करोड ७८ लाख रुपैयाँबराबरको कारोबार भएको आज एनआईसी एसिया बैंकको २४ करोड ५५ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको १६ करोड ७३ लाख रुपैयाँ, अपी पावरको १३ करोड ७० लाख रुपैयाँ, नेशनल हाइड्रोपावरको १२ करोड ५९ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ११ करोड ६१ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकको ११ करोड २७ लाख रुपैयाँ, रिडी हाइड्रोपावरको ११ करोड २५ लाख रुपैयाँ र लुम्बिनी विकास बैंकको १० करोड ६३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज १८ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। बेस्ट फाइनान्स, ङादी ग्रुप पावर, खानीखोला हाइड्रोपावर, राधी जलविद्युत, घलेम्दी हाइड्रो, माउन्टेन हाइड्रो र चन्द्रागिरी हिल्सको सेयरमूल्यमा १० प्रतिशतले वृद्धि भएको हो।

सिनर्जी पावर, नेपाल हाइड्रो, बरुण हाइड्रोपावर, श्री इन्भेस्टमेन्ट फाइनान्स, शिवश्री हाइड्रोपावर, युनियन हाइड्रोपावर, युनिभर्सल पावर, ग्रिनलाइफ हाइड्रोपावर, आँखुखोला जलविद्युत, एचआइडिसीएल र जोशी हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। आज साना किसान विकास लघुवित्तका सेयरधनीहरूले धेरै गुमाए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.