|

संखुवासभा : संखुवासभाको मकालु गाउँपालिका ५ मा मांसिमालाई छुट्टै वडा बनाउन स्थानीयले माग गरेका छन्।

वडा नम्बर ५ को मांसिमालाई छुट्टै वडा बनाउन माग गर्दै स्थानीयले गाउँपालिकामा निवेदन दिएका छन्। भौगोलिक हिसाबले विकट मानिएको मांसिमादेखि वडा कार्यालय आउन पैदल एक दिन लाग्छ।

मांसिमाका करिब २ सय ५० घर परिवार भएको मकालु ५ का वडाध्यक्ष जापान गुरुङले जानकारी दिए। मांसिमाका स्थानीयले सामान्य जन्मदर्ता‚ मृत्युदर्ता जस्ता काम एक दिनको पैदल हिँडेर नुम आइपुग्नु पर्छ।

सडक सञ्जाल नजोडिएको मांसिमावासीले वडा कार्यालयको सेवा लिन एक दिनको पैदल हिँड्नुपर्ने स्थानीय ज्ञानबहादुर गुरुङले बताए। सडक सञ्जाल नभएका कारण मांसिमावासी वडा कार्यालयमा पुगेर आफ्नो काम सम्पन्न गर्नलाई चारपाँच दिनसम्म लाग्ने गरेको स्थानीयको गुनासो छ।

मांसिमा गाउँमा गुरुङ र राई जातिको मात्र बसोवास छ। भूगोल र जनसंख्याको हिसाब हेर्ने हो भने मांसिमालाई छुट्टै वडा बनाउने प्रशस्त आधार भएको स्थानीय श्यामकुमार गुरुङले बताए। भौगोलिक विकट मांसिमावासी आफ्नो छुट्टै वडा नहुँदा वडाको केन्द्रसम्म पुग्न विभिन्न समस्या झेल्दै आएको उनीहरूको भनाइ छ।

स्थानीयको मागअनुसार मांसिमा गाउँलाई छुट्टै वडा बनाउन गत जेठ १० गते गाउँसभाले निर्णय गरेको वडाध्यक्ष गुरुङले बताए। यो वर्ष गाउँसभाबाट समेत पारित भइसकेको वडाध्यक्ष जापान गुरुङले बताए।

छुट्टै वडा बनाउन गाउँसभाले निर्णय प्रदेश सरकार र स्थानीय विकास मन्त्रालयलाई पठाउने तयारी भइरहेको उनको भनाइ छ। छुट्टै वडा निर्माणका लागि सम्पूर्ण आधार पूरा हुनसक्ने भन्दै स्थानीय सरकार समेत यसको पहलमा अघि बढिरहेको छ।

वडाभित्रको पनि छुट्टै भूगोल भएको मांसिमा गाउँमा शिक्षास्वास्थ्यको पहुँच निकै टाढा छ। मांसिमा गाउँबाट वडा कार्यालयसम्म पुग्न उनीहरूलाई १ दिनभन्दा बढी लाग्ने गर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.