|

डडेल्धुरा : आईसीसी टी–२० विश्वकप सुपर–१२ चरणअन्तर्गत आजको पहिलो खेलमा वेष्ट इन्डिजले दक्षिण अफ्रिकालाई १ सय ४४ रनको लक्ष्य दिएको छ।

अहिले ब्याटिङ सुरु गरिसकेको दक्षिण अफ्रिका २ ओभरमा १ विकेट गुमाएर ६ रन बनाएर खेलिरहेको छ।

दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रनको लक्ष्य दिएको छ।

उसका लागि इभिन लुइसले अर्धशतकीय पारी खेले। उनले ३५ बलमा ६ छक्का र ३ चौकासहित सर्वाधिक ५६ रन बनाए।

यस्तै, कप्तान किरोन पोलार्डले २६, लेन्डल सिमन्सले १६, क्रिस गेल र निकोलस पूरनले १२/१२ रनको योगदान दिए। बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा  रन बटुल्न सकेनन्।

बलिङमा ड्वेन प्रिटोरियसले ३, केशव महाराजले २ तथा एनरिक नोर्किया र कासिगो रबाडाले १/१ विकेट लिए।

जारी विश्वकपमा दुवै टिम पहिलो जितको खोजीमा छन्। दक्षिण अफ्रिका र वेष्ट इन्डिज दुवैले पहिलो म्याच हारेका थिए।

दक्षिण अफ्रिका अष्टेलिया र वेष्ट इन्डिज इंग्ल्याण्डसँग पराजित भएको थियो।

पोलार्डको कप्तानीमा वेष्ट इन्डिज इंग्ल्याण्डविरुद्ध मात्र ५५ रनमा अलआउट भएको थियो।

अष्टेलियाविरुद्ध दक्षिण अफ्रिका ५ विकेटले पराजित भएको थियो।

त्यसैले आज दुवै टिम जित निकाल्ने लक्ष्यमा छन्। वेष्ट इन्डिजले हालसम्म दुई पटक टी–२० विश्वकपको उपाधि जितिसकेको छ।

दक्षिण अफ्रिकाले भने अहिलेसम्म उपाधि जित्न सकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.