|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय कोरोना संक्रमणदर घटे पनि जोखिम कायमै रहेकाे जनाएको छ। बुधबार मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोना ब्रिफिङमा हेलचेक्रयाइँ नगर्न सर्वसाधारणलाई आग्रह गरेका हुन्।

सरकारले तोकेको स्वस्थ्य सुरक्षाको मापदण्ड पूर्ण पालना गर्नुपर्ने उनले बताए।  कोभिड अपडेट जानकारी दिँदै उनले भने, ‘सर्वसाधारण आ-आफ्नो ठाउँबाट जिम्मेवारी बन्नुपर्छ, जोखिम हटेको छैन, कायमै छ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.अनुप बास्तोलाले दुई डोज काेराेना खोप लगाए पनि संक्रमित देखिएका हुँदा जोगिन आग्रह गरे। ‘कोरोना संक्रमणदर मात्र घटेको हो,अब कोरोना हरायो भनेर कोही हेलचेक्रयाइँ नगरौँ,’उनले भने ,‘पहिलै सचेत रहाैँ।’ 

नजिकिएको चाडबाड भीडभाड नगरी मनाउनुपर्ने उनले बताए। उनका अनुसार पछिल्लो समय ज्वरो आउने,टाउको दुख्ने मांसपेशी दुख्ने लगायत लक्षणका विरामी अस्पतालमा आउन थालेका छन्।  उनीहरू अधिकांशमा डेंगु रोग देखिएको उनले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.