|
तस्वीर : सिन्ह्वा

चीनले शुक्रबार उत्तरी शान्सी प्रान्तको ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट पृथ्वी विज्ञान उपग्रह अन्तरिक्षमा पठाएको छ।

गुआङ्मु नामको उपग्रहलाई लङ मार्च-६ रकेटले चिनियाँ समय अनुसार बिहान १० बजेर १९ मिनेटमा प्रक्षेपण गरेको थियो।

चिनियाँ उपग्रह लक्ष्यित कक्षमा सफलतापूर्वक प्रवेश गरेको थियो।

प्रक्षेपण केन्द्रका अनुसार लङ मार्च रकेट शृंखलाको ३९५ औं उडान अभियान थियो।

चाइनिज एकेडेमी अफ साइन्सेजले विकास गरेको उपग्रह गुआङमू विश्वको पहिलो अन्तरिक्ष विज्ञान उपग्रह हो जुन दिगो विकासको लागि संयुक्त राष्ट्र २०३० एजेन्डाप्रति गर्न समर्पित छ।

तीन वटा अप्टिकल पे-लोड सहितको उक्त स्याटेलाइटले मानव र प्रकृति र दिगो विकास बीचको अन्तरक्रियाको अनुगमन, मूल्यांकन र अध्ययनका लागि अन्तरिक्ष अवलोकनका लागि डाटा उपलब्ध गराउन सक्ने एकेडेमीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.