|

काठमाडौं : साताको तेस्रो दिन मंगलबार सेयर बजारमा भारी अंकको गिरावट आएको छ। आज बजारमा ७९.७९ अंकको गिरावट आएर नेप्से परिसूचक दुई हजार सात सय ४९.८५ को विन्दुमा झरेको छ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १६.०२ अंकले गिरावट हुँदा पाँच सय १२.८२ को विन्दुमा ओर्लिएको छ। आज कारोबार रकम साढे ६ अर्ब रुपैयाँ बढीको भएको छ। 

आज नेप्से उपसमूहमा रहेका सबै १३ वटै समूहमा रातो पोतिएको छ। वित्त समूह सर्वाधिक ५.२९ प्रतिशतले ओरालो लागेको छ। विकास बैंक समूह ५.२३ प्रतिशतले घटेको आज बैंकिङ समूहमा १.९१ प्रतिशत, व्यापार समूहमा २.०२ प्रतिशतले गिरावट आएको छ।

यस्तै होटेल तथा पर्यटन समूहमा ३.४५ प्रतिशत, जलविद्युत समूहमा ३.२१ प्रतिशत, निर्जीवन बीमा समूहमा ३.५८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.८३ प्रतिशत, अन्य समूहमा ४.१२ प्रतिशत, लघुवित्त समूहमा २.८५ प्रतिशत, जीवन बीमा समूहमा २.४ प्रतिशत, म्युचुअल फन्ड समूहमा २.१२ प्रतिशत र लगानी समूहमा २.६८ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरू

मंगलबार नबिल बैंकको सर्वाधिक २९ करोड ८२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। साहस ऊर्जाको २५ करोड ७९ लाख रुपैयाँबराबरको कारोबार भएको आज अपी पावरको २२ करोड ३६ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको २० करोड ९४ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकको २० करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ।

यस्तै अरुण भ्याली हाइड्रोपावरको १८ करोड २९ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको १६ करोड ९८ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १६ करोड ६८ लाख रुपैयाँ, अरुण काबेली पावरको १६ करोड ५० लाख रुपैयाँ र युनाइटेड मोदी हाइड्रोपावरको १६ करोड २० लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

मंगलबार तीनवटा कम्पनीका सेयरधनीहरू मालामा भएका छन्। तेह्रथुम पावर, साहस ऊर्जा र मानुषी लघुवित्तका सेयरधनीहरू मालामाल भएका हुन्। यी तीनै कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ।

आइसिएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकका सेयरधनीहरूले आज सर्वाधिक गुमाए। यी दुवै कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको गिरावट आएर नेगेटिभ सर्किट लागेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.