|

काठमाडौं : चिनियाँ राष्ट्रपति सी जिनपिङले एसिया–प्रशान्त क्षेत्रमा शीत युद्धजस्तो अवस्था उत्पन्न हुन नहुने बताएका छन्।  

न्यूजिल्याण्डमा जारी एसिया–प्रशान्त इकोनोमिक कोअपरेशन एपेकको सम्मेलनमा एक भिडियो सन्देश जारी गर्दै राष्ट्रपति सीले भू–राजनीतिक स्तरमा यो क्षेत्रलाई स–साना गुटमा बाँड्ने प्रयास असफल हुने चेतावनीसमेत दिए। उनले भने, ‘एसिया–प्रशान्त क्षेत्रमा संघर्षको अवस्था वा शीतयुद्धको जस्तो मतभेदको अवस्था बन्नु हुन्न।’

राष्ट्रपति सीले चीनले एसिया–प्रशान्त क्षेत्रको आर्थिक विकासका लागि प्रतिबद्ध रहेको र सबै मुलुकलाई फाइदा हुने अवस्था सिर्जना होस् भन्ने चाहेको उल्लेख गरे। उनले कोरोना महामारीबाट बाहिर निस्कन र जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि सबै देश मिलेर काम गर्न अपिल गरे। 

सीले विकासोन्मुख देशहरूलाई कोरोनाको खोपको पहुँचमा पु¥याउन र खोपको खाडल छिटोभन्दा छिटो भर्ने कुरामा चीन गम्भीर रहेको समेत बताए।

हिजो मात्रै कोप–२६ सम्मेलनमा चीनले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि अमेरिकासँग मिलेर काम गर्ने सहमति गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.