|

काठमाडाै‌ : वैशाख ३१ गते हुने भनिएको स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा प्रमुख, उपप्रमुख र अन्य सम्‍भावित उम्मेदवारको चर्चा चुलिँदै गएको छ । एमालेका तर्फबाट काठमाडौं महानगरपालिकामा केशव स्थापित र राप्रपाबाट उपप्रमुखमा रेखा थापाको चर्चा चलेसँगै माओवादीका तर्फबाट प्रमुख पदका लागि कुलमान घिसिङको चर्चा चलिरहेको छ।

घिसिङले नेपाल विद्युत् प्राधिकरणको प्रमुख भएर काम गरेपछि चरम लोडसेडिङबाट गुज्रिरहेको राजधानीलाई लोडसेडिङमुक्त बनाएका थिए। त्यसपछि काठमाडौंबासीमाझ उनको लोकप्रियता उकालो लागिरहेको छ। उर्जा क्षेत्रमा अनेक सम्‍भावना देखाएर जनतामाझ आफ्नो लोकप्रियता कायम राखिरहेका घिसिङलाई प्रमुख पदमा अगाडि सार्नका लागि माओवादी वृत्तमा छलफल भइरहेको स्रोतले जनाएको छ।

देशैभर अन्य दलसँग तालमेल गरेरै भए पनि चुनावमा बढीभन्दा बढी सिट आफ्नो पोल्टामा पार्ने नीति माओवादीले यसअगाडि नै सार्वजनिक गरिसकेको छ। सोही नीतिअनुसार काठमाडौं महानगरमा नेपाली का‌ग्रेससँग तालमेल गरेर जानेबारे पनि भित्रभित्रै चर्चा चलिरहेको स्रोतले बतायो। कांग्रेससँग तालमेल गरेर जाने अवस्था भयो भने घिसिङले उम्मेदवारी पाउने सम्‍भावना कम छ, स्रोतले भन्यो, 'तर कांग्रेससँग तालमेल नहुने अवस्थामा प्रमुख पदका लागि घिसिङको उम्मेदवारी पक्कापक्की जस्तै देखिएकाे छ।'

तर स्रोतले यस्तो दावी गरे पनि कुलमान काठमाडौं महानगरमा उम्मेदवार बन्न पाउने छैनन्। पढ्नुस्ः यी दुई कारणले कुलमान बन्न सक्दैनन् काठमाडौं महानगरमा उम्मेदवार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.