|

युएईले त्यहाँ काम गर्ने अन्तरराष्ट्रिय कम्पनीका कर्मचारीको भिसा अवधि ५ वर्ष थप गरेको छ। युवराज शेख हमदान बिन मोहम्मदले ट्विटरमार्फत यस्तो जानकारी दिएका छन्।

'हाम्रो लक्ष्य भनेको कम्पनीहरूलाई सुविधा दिनु र उनीहरूको टोलीलाई वर्षभरि सम्मेलन, बैठक, सेमिनारका लागि दुबई यात्रा गर्न सजिलो बनाउनु हो', शेखले मंगलबार ट्विट गरेका छन्।

युएईले हालैका वर्षमा नयाँ भिसाका विकल्प ल्याएको छ। सन् २०१९ मा १० वर्षे गोल्डेन भिसा र यो वर्ष पाँचवर्षे पर्यटक भिसा सुरु गरेको छ।

युएईमा करिब १.४ मिलियन अमेरिकी डलर लगानी गरेकाहरूले पाँच वर्षको आवासीय भिसा लिन सक्छन्।

न्यूनतम १‚३६,००० अमेरिकी डलरको व्यापार गर्ने उद्यमी वा मान्यता प्राप्त व्यवसाय इनक्यूबेटरमा संलग्न व्यवसायीले ६ महिनाको भिसा लिन सक्छन्, जुन अर्को ६ महिनाको लागि विस्तार गर्न सकिन्छ।

माध्यमिक विद्यालयमा ९५ प्रतिशत वा ३.७५ वा सोभन्दा बढी ग्रेड पोइन्ट एभरेज (GPA) भएका विद्यार्थीले पनि अब युएईमा पाँचवर्षे भिसा पाउन सक्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.