|

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ३ सय ३२ जनामा कोरोना भाइरसका संक्रमित भेटिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७ हजार ५ सय ९० जनाको पीसीआर परीक्षण गर्दा ३ सय ५ जना र २ हजार ३ सय ३० जनाको एन्टीजेन परीक्षण गर्दा २७ जना गरी ३ सय ३२ जनामा संक्रमित भेटिएका हुन्।

यस्तै आज ४ जना संक्रमितको मृत्यु भएको छ भने २३२ जना निको भएका छन्। हाल देशभर ७ हजार ३ सय ६९ जना सक्रिय संक्रमित रहेका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.