|

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ३ सय ८ जना कोरोना संक्रमित भेटिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९ सय ९ जनामा गरिएको परीक्षणमा ३ सय ८ जना संक्रमित भेटिएका हुन्। यस्तै आज ३ जना संक्रमितको मृत्यु भएको छ । 

आज २ सय ९८ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने हाल देशभर ७ हजार ३ सय ४९ जना सक्रिय संक्रमित रहेका छन्। 

हाल ६ हजार ९ सय ६१ जना होम आइसोलेसनमा छन् भने ३ सय ८८ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। 

१ सय ९७ जनाको आइसियु र ४१ जना भेन्टिलेटरमा उपचारमा भइरहेको छ। 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.