|

गुल्मी : नेपाली कांग्रेस गुल्मीको सभापतिमा खिलध्वज पन्थी निर्वाचित भएका छन्। पन्थीले १ हजार २७१ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी बेदबहादुर थापाले ३८४ मत प्राप्त गरेका छन्। पन्थी वरिष्ठ नेता रामचन्द्र पौडेल समूह र थापा सभापित शेरबहादुर देउवा समूहका हुन्।

यस्तै‚ उपसभापतिमा अनन्तराम पौडेलले १ हजार १८७ र शिवबहादुर खत्रीले १ हजार ३३ मत प्राप्त गरी विजयी भएका छन्। सचिवमा जगदीश भट्टराई र भगतसिंह खड्का विजयी  भएका छन्। भट्टराईले ९९१ मत र खड्काले १ हजार २२ मत प्राप्त गरेका छन्।

यस्तै सहसचिबमा छवि पाण्डे र धर्मराज पाण्डे नर्वाचित भएका छन्। छविले १ हजार १३३ र धर्मराजले ८५० मत प्राप्त गरेका छन्। सदस्यमा कृष्णप्रसाद पोखरेल, धीरेन्द्र केसी, पदमबहादुर विष्ट, लिलाधर आचार्य र लोकप्रसाद खरेल विजयी भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.